दफा ३८
समितिको गठन
(१) परियोजना कार्यान्वयनका सम्बन्धमा समन्वय गर्न तथा परियोजनाको पहिचान तथा प्राथमिकता निर्धारण गर्न नेपाल सरकारलाई सुझाव दिनको लागि एक परियोजना समन्वय समिति रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछ ः–
(क) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग – अध्यक्ष
(ख) सदस्य, राष्ट्रिय योजना आयोग (सम्बन्धित क्षेत्र हेर्ने) – सदस्य
(ग) मुख्य सचिव, नेपाल सरकार – सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ङ) सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(च) सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय – सदस्य
(छ) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(ज) सचिव, सम्बन्धित मन्त्रालय – सदस्य
(झ) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – सदस्य–सचिव
(३) समितिको सचिवालय राष्ट्रिय योजना आयोगको सचिवालयमा रहनेछ ।
(४) समितिले सम्बन्धित विषयमा विशेष ज्ञान हासिल गरेको कुनै व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।